बझाङको प्रदेश (१) मा कांग्रेसका सिंह विजयी

  मंसिर ०७, २०७९

बझाङ, मङ्सिर ७ : बझाङको प्रदेशसभा (१) मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार पृथ्वीबहादुर सिंह विजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले) का उम्मेदवार अफिलाल ओखेडालाई तीन हजार सात सय ७६ मतान्तरले पराजित गर्नुभएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसका सिंहले १७ हजार एक सय १२ तथा ओखेडाले १३ हजार तीन सय ३६ मत प्राप्त गर्नुभएको छ । यस्तै राप्रपा नेपालका कर्णबहादुर खड्काले चार सय २६ र राप्रपाका हरिलाल भट्टराईले चार सय चार मत प्राप्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया