रुकुमपश्चिममा जनार्दनको अग्रता कायमै

  मंसिर ०७, २०७९

रुकुमपश्चिम, मङ्सिर ७ : रुकुमपश्चिममा प्रतिनिधिसभामा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार अर्थमन्त्री जनार्दन शर्माले मतान्तर फराकिलो पार्दै लग्नुभएको छ । जम्मा १९ हजार छ सय ११ मतगणना गर्दा शर्माले १२ हजार सात सय ३३ मत ल्याउनुभएको छ ।

नेकपा (एमाले)का नन्दराम देवकोटाले चार हजार छ सय ३२ मतसहित शर्मालाई पछ्याइरहनुभएको छ । उहाँहरु बीचको मतान्तर आठ हजार एक सय एक रहेको छ ।

त्यस्तै राप्रपाका दिपककुमार मल्लले चार सय ४४, मङ्गोल नेशनल अर्गनाइजेशनका हरिबहादुर पुनले २०, स्वतन्त्र उम्मेदवार तारक केसीले नौ सय ५५ र अर्का स्वतन्त्र उम्मेदवार राजन पाण्डेले १९ मत पाउनुभएको छ । प्रतिनिधिसभामा एकमात्र निर्वाचन क्षेत्र रहेको रुकुमपश्चिममा कूल ६० हजार पाँच सय २७ मत खसेको छ ।

तपाईको प्रतिक्रिया