धादिङ–२ प्रदेश १ मा कांग्रेसका लम्साल विजयी

  मंसिर ०७, २०७९

मलेखु, मङसिर ७ : धादिङको प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तरगत प्रदेशसभा (१) मा नेपाली कांग्रेसका गोविन्द लम्साल विजयी हुनुभएको छ । नेकपा एमालेका उम्मेद्वार डा। रामकुमार अधिकारीलाई २ हजार ९ सय ९७ मतले पराजित गर्दै सत्ता गठबन्धनका उम्मेदवार लम्साल विजयी हुनुभएको हो ।अधिकारीलाई भने राष्टिय प्रजातन्त्र पार्टीको समर्थन रहेको थियो ।

यो प्रदेशमा खसेको कुल ३८ हजार ३ सय १ मत मध्ये लम्सालले १९ हजार ४ सय १९ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै अधिकारीले १६ हजार ४ सय २२ मत पाउनु भएको थियो । यो प्रदेशमा १ हजार २ सय ६ मत बदर भएको थियो ।

यस प्रदेश सभामा उम्मेद्वार रहेका मङ्गोल नेशनल अर्गनाइजेशनका शालिकराम थापा मगरले १ हजार १३ मत पाउनु भएको छ । त्यस्तै स्वतन्त्र उम्मेद्वारहरु दयाराम लम्साल र खड्ककुमारी सापकोटाले क्रमशः १ सय ४२ र ९९ मत प्राप्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया