तोसिमा कार्कीको आठ हजारभन्दा बढी मतले अग्रता

  मंसिर ०७, २०७९

ललितपुर, मङ्सिर ७ : ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले अग्रता कायम राख्नुभएको छ ।  आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणनामा उहाँले आठ हजार ३३० मत अन्तरले अग्रता लिनुभएको हो ।

बुधबार बिहानसम्म डा.कार्कीले १७ हजार ३२६ मत पाउनुभएको छ । एमालेका उम्मेदवार अमृत खड्काले आठ हजार ९९६ मत पाउनुभएको छ भने नेकपा (माओवादी केन्द्र)की उम्मेदवार पम्फा भुसालले छ हजार ३४ मत पाउनुभएको छ ।

मुख्य निर्वाचन अधिकृत  धर्मराज पौडेलले सो क्षेत्रको अझै ४० प्रतिशत मतगणना हुन बाँकी रहेकोले भोलि बिहानसम्म अन्तिम नतिजा आउने बताउनुभयो ।

तपाईको प्रतिक्रिया