डडेलधुरामा प्रधानमन्त्री देउवा ५४ सय मतले अगाडि

  मंसिर ०६, २०७९

डडेलधुरा, मङ्सिर ६ : डडेलधुरा जिल्लाको प्रतिनिधि सभा सदस्यमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँच हजार ४४९ मतले आफ्नो प्रतिस्पर्धीभन्दा अगाडि हुनुहुन्छ । अहिलेसम्म २३ हजार ३६१ मत गणना हुँदा उहाँले ११ हजार ५५४ मत प्राप्त गर्नुभएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले ६ हजार १०५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी, नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले ३ हजार २९३ मत पाउनु भएको छ । मल्ललाई नेकपा (एमाले) को समर्थन रहेको छ ।

तपाईको प्रतिक्रिया