सुर्खेत सिम्तामा मतदान सम्पन्न, ६८ प्रतिशत मतदान

  मंसिर ०६, २०७९

कर्णाली, मङ्सिर ६ : यही मङ्सिर ४ गते स्थगित भएको सुर्खेतको सिम्ता गाउँपालिकामा आज पुनः मतदान कार्य सम्पन्न भएको छ ।

सुर्खेत क्षेत्र नं १ को सिम्ता गाउँपालिका–६ राकमस्थित सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा पुनः मतदान सम्पन्न भएको मतदान अधिकृत हितप्रसाद पौडेलले जानकारी दिनुभयो । सामान्य त्रुटिका कारण प्रतिनिधिसभाका एक सय मतपत्र प्रदेशसभाको मतपेटिकामा खसेपछि उक्त मतदानस्थलका तीनवटा मतदान केन्द्रमा आज मतदान भएको थियो ।

तीनवटा मतदान केन्द्र गरी दुई हजार नौ सय २६ मतदाता सङ्ख्या भएकोमा दुई हजार (६८ प्रतिशत) मत खसेको मतदान अधिकृत पौडेलले बताउनुभयो । उहाँका अनुसार मतदान कार्य मर्यादित, व्यवस्थित र शान्तिपूर्ण तवरले सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया