दमक, मङ्सिर ६ : झापाको प्रतिनिधि सभा क्षेत्र नम्बर ५ मा नेकपा (एमाले) अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अग्रतालाई बढाउनु भएको छ । पछिल्लो मत परिणाम अनुसार, ओलीले १२ हजार १८६ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी, नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले ७ हजार १०३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालय झापा ५ ले जनाएको छ । २४ हजार ४५१ मत गणना सकिएको छ ।






