बैतडीमा स्वतन्त्र उम्मेदवारको अग्रता

  मंसिर ०५, २०७९

बैतडी, मङ्सिर ५ : बैतडीको प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेशसभा क्षेत्र नं  (१) मा स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीले सुरुआती अग्रता बनाउनुभएको छ ।

उहाँले दुई सय २६ मतसहित सुरुआती अग्रता बनाउनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का सुरेन्द्र पालले एक सय ८७ मतका साथ पछ्याइरहनुभएको छ । यसैगरी तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका वीरबहादुर विष्टले एक सय ४७ मत प्राप्त गर्नुभएको छ ।

यस्तै प्रदेशसभा क्षेत्र नं २ मा एमालेका लीलाधर भट्टले ६ सय नौ मत प्राप्त गर्दा कांग्रेसका शिवराज भट्टले तीन सय ९९ मत ल्याउनुभएको छ ।

तपाईको प्रतिक्रिया