धनकुटा, मङ्सिर ५ : धनकुटामा नेकपा (एमाले) को सुरुआती अग्रता देखिएको छ । केहिबेर अघिबाट मात्र मतगणता सुरु भएको धनकुटामा पहिलो चरणको मतपरिणाम सार्वजनिक गरिँदासम्म एमालेका राजेन्द्रकुमार राई चार सय ६२ मतसहित पहिलो स्थानमा हुनुहुन्छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुनीलबहादुर थापाको चार सय ३१ मत रहको छ ।
त्यस्तै तेस्रो नम्बरमा स्वतन्त्र उम्मेदवार हेमराज भण्डारीले २४ मत प्राप्त गर्नुभएको छ । धनकुटा १ (१) प्रदेशसभातर्फ पनि नेकपा (एमाले) को सुरुआती अग्रता देखिएको छ ।
एमालेका प्रदेशसभा उम्मेदवार निरन राईले चार सय ६० मत पाउँदा नेकपा (एकीकृत समाजवादी) अर्जुन राईले तीन सय २३ मत पाउनुभएको छ ।






