चितवन क्षेत्र नं ३ को मतगणना सुरु

  मंसिर ०५, २०७९

चितवन, मङ्सिर ५ : चितवन क्षेत्र नं ३ को प्रतिनिधिसभाको मतगणना सुरु भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा गणना सुरु गरिएको हो ।

भरतपुर महानगरपालिका–६ को शहीद स्मृति मावि पारसनगर र दिवज्योति आधारभूत विद्यालय देवनगरको ९क० केन्द्रको मतगणना सुरु भएको हो ।

यस क्षेत्रमा ६५ दशमलव ४१ प्रतिशत मात्रै मत खसेको निर्वाचन अधिकृत हरिसिंह धामीले जानकारी दिनुभयो । यस क्षेत्रमा एक लाख ४४ हजार दुई सय ८३ मतदाता छन् ।

क्षेत्र नं १ र २ को मतगणना भइरहेको छ । जिल्लाभर चार लाख आठ हजार तीन सय ४२ मतदाता रहेका छन् । एक सय ६१ मतदानस्थलमा रहेका चार सय ६० मतदान केन्द्रबाट उनीहरूले मतदान गरेका हुन् ।

तपाईको प्रतिक्रिया