नेपाल टेलिकमको वर्ल्ड कप अफर

  मंसिर ०४, २०७९

काठमाडौँ, मङ्सिर ४ : नेपाल टेलिकमले आफ्ना एनटीटीभी ग्राहकका लागि फिफा वर्ल्ड  कप प्याकेज उपलब्ध गराउने भएको छ । मङ्सिर ४ गतेदेखि कतारमा आयोजना हुने विश्व कप फुटबल–२०२२ हेर्न निर्धारित करसहितको शुल्क ५६५ रुपियाँ ग्राहकले घरमै बसेर खरिद गर्न सकिने टेलिकमले जनाएको छ ।

यसका लागि वर्ल्ड कप प्रसारण हुने हिमालयन एचडी टेलिभिजन च्यानलमा गई ‘बाई प्याकेज’मा क्लिक गरी आफ्नो मोबाइल नम्बर प्रविष्ट गर्नुपर्नेछ । त्यसपछि नेपाल टेलिकमबाट प्राप्त ओटिपि प्रयोग गरी सेवा खरिद गर्न सकिन्छ । सेवा खरिद गर्दा ग्राहकको मोबाइल ब्यालेन्सबाट रकम काटिने नेपाल टेलिकमले जनाएको हो ।

सो प्याकेज खरिद गर्ने कम्पनीका एनटीटीभी सेवाका ग्राहकलाई कम्पनीका तर्फबाट २८ दिनसम्म प्रयोग गर्न सकिने १२ जीवी डाटासमेत निःशुल्क उपलब्ध हुनेछ । विश्व कप फुटबल अवधिभर उपलब्ध हुने सो अफरबाट ग्राहकले उल्लेख्य लाभ प्राप्त गर्ने अपेक्षा कम्पनीले राखेको छ ।

तपाईको प्रतिक्रिया