ब्रसेल्समा छुरा प्रहार : एक प्रहरी अधिकारीको मृत्यु, एक घाइते

  कार्तिक २५, २०७९

ब्रसेल्स, कात्तिक २५ : बेल्जियमको राजधानी ब्रसेल्समा छुरा प्रहारबाट एक प्रहरी अधिकारीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बिहीबार राति प्रहरी गस्तीमा खटिएका प्रहरीमाथि एक व्यक्तिले चक्कु प्रहार गरेका थिए । अभियोजनकर्ताका प्रवक्ताका अनुसार आक्रमणकारीको खुट्टामा गोली लागेको छ ।

प्रवक्ता एरिक भान डुयसले सीएनएनसँग कुरा गर्दै उक्त आक्रमण आतङ्कवादसँग सम्बन्धित भएको आशङ्का गरिएको र यसलाई अनुसन्धानबाट पुष्टि गर्न आवश्यक रहेको बताउनुभएको छ ।

स्थानीय समयअनुसार साँझ ७ः३० बजे ब्रसेल्सको शारबीक नगरपालिकाको रूए डी अर्शोटमा आक्रमण भएको वान डुइसेले बताउनुभयो ।

एरिक भान डुइसलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ, “यो आतङ्कसँग सम्बन्धित भएको आशङ्का गरिएको छ । यसलाई अनुसन्धानबाट पुष्टि हुनु स्वाभाविक हो ।” एरिक भान डुइसलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

अभियोजकका प्रवक्ता एरिक भान डेर सिप्टले आक्रमणकारीको खुट्टामा गोली लागेको बताउनुभएको छ । आक्रमणकारीलाई उपचारका लागि अस्पताल लगिएको छ ।

उत्तरी ब्रसेल्स प्रहरी बलका प्रवक्ताले बिहीबार प्रहरी गस्तीमा रहेका एक व्यक्तिमाथि एक व्यक्तिले चक्कु प्रहार गरेको र थप प्रहरीको सहायतामा आक्रमणकारीलाई गोली हान्न बन्दुक प्रयोग गरेको बताउनुभएको छ ।

घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । प्रवक्ताका अनुसार पहिलो अनुसन्धान कार्य भइरहेको थियो ।

उत्तरी ब्रसेल्स प्रहरी बलका एक प्रवक्ताले सीएनएनलाई इमेलमार्फत भन्नुभएको छ, “अन्य प्रहरीहरू ब्याकअपको रूपमा आए र आक्रमणकारीलाई नियन्त्रणमा लिन सफल भए ।

“घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । प्रारम्भिक अनुसन्धान कार्य जारी छ,” उहाँले भन्नुभयो ।

बेल्जियमका प्रधानमन्त्री अलेक्जेन्डर डी क्रुले प्रहरी अधिकारीमाथि भएको आक्रमणपछि उनको परिवार र साथीभाइप्रति समवेदना प्रकट गर्नुभएको छ । उहाँले आफ्नो ट्वीटर ह्यान्डलमा अस्पतालमा उपचार गराइरहेका अर्का एक प्रहरी अधिकारीको स्वास्थ्यलाभको कामना समेत गर्नुभएको छ ।

अलेक्जेन्डर डी क्रुले ट्वीट गर्दै भन्नुभएको छ, “हाम्रा प्रहरी अधिकारीहरूले हाम्रो समाजलाई सुरक्षित राख्न हरेक दिन जीवन र अङ्गलाई जोखिममा पार्छन् । दुर्भाग्यवश, यो आज फेरि एक पटक भएको छ । मलाई आशा छ कि अस्पतालमा उपचार गराईरहेका घाइते व्यक्तिको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।”

तपाईको प्रतिक्रिया