चुनावपछि पनि गठबन्धनकै सरकारः महासचिव गुरुङ

  कार्तिक २४, २०७९

लमजुङ, कात्तिक २४ : नेकपा (माओवादी केन्द्र) का महासचिव एवं लमजुङ प्रतिनिधिसभा सदस्य उम्मेदवार देवप्रसाद गुरुङले चुनावपछि पनि गठबन्धनकै सरकार बन्ने दाबी गर्नुभएको छ ।

लमजुङ दूधपोखरी गाउँपालिका-६ गौँडामा आयोजित चुनावी सभालाई आज सम्बोधन गर्नुहुँदै उहाँले मुलुकको आवश्यकता र विकासका लागि गठबन्धनको सरकारले निरन्तरता पाउनुपर्ने बताउनुभयो ।

प्रतिगामीलाई परास्त गर्दै विकासका लागि गठबन्धनले जित्नुपर्ने उहाँको भनाइ छ । “प्रदेशदेखि सङ्घसम्मै गठबन्धनकै सरकार कायम रहन्छ । कुनै शङ्का नगरी गठबन्धनलाई सबैले सहयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

खानेपानी, सडक, यातयात, रोजगार लगायतका समस्या समाधानका लागि आफू जनतासँगै साथमा रहने बताउनुभयो । लमजुङका जनता र जिल्लाको विकासका लागि आफू मनाङदेखि आएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया