‘एमालले जनताको शिर झुकाउने गरी काम गर्ने छैन’

  कार्तिक २१, २०७९

काठमाडौँ, कात्तिक २१ : नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेका कुनै पनि उम्मेदवार तथा कार्यकर्ताले जनताको शिर झुकाउने गरी कुनै पनि काम नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

काठमाडौँ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभामा उम्मेदवार रहनुभएका उहाँले आज वडा नम्बर ४ का मतदातासँग मत माग्ने क्रममा एमालेका उम्मेदवार तथा कार्यकर्ताले काम गर्दा आजसम्म शिर झुकाउने गरी काम नगरेको र आगामी दिनमा पनि नगर्नेमा ढुक्क हुन मतदाता समक्ष आग्रह गर्नुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले देश विकास गर्ने र जनताको भरोसाको पार्टी एमाले मात्रै भएको पार्टीलाई जिताउन आग्रह गर्दै भन्नुभयो, “सबैलाई थाहा भएकै कुरा हो, देशको रक्षा गर्ने र नेपाली जनताको भरोसाको पार्टी भएकाले हो, आफ्नो मतादातालाई न्याय हुने गरी काम गर्छु ।”

उहाँँले आफूले निर्वाचनमा विजयी भएर युवाहरूको विशेष कार्यक्रम ल्याएर अगाडि बढाउने र मतदाताका सुझावलाई आफूले शिरोपर गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले चुनावका बेला अनेक पात्रले सिर्जना गर्ने ‘फण्डा’बाट प्रभावित नहुन मतदातालाई आग्रह गर्दै आफूलाई लागेको कुरा आफूलाई प्रष्ट बताउन आग्रह गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया