काठमाडौं,कात्तिक ५ : नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री बिष्णु पौडेलले वर्तमान सरकारले निजी क्षेत्रलाई आतंकित बनाएको बताउनभुएको छ ।

नेपाल उद्योग तथा व्यवसायी महासंघले शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै पौडेलले अस्वभाविक रुपमा करको दर हेरफेर, बैंक ऋणको ब्याजदरमा उच्च वृद्धि गरेर सरकारले व्यवसायीलाई आतंकित बनाएको बताउनुभयो  ।

आफू अर्थमन्त्री हुँदा ४ दशमलव २ प्रतिशतमा रहेको मूल्यवृद्धि दर दोब्बरले बढेर ८ दशमलव १ प्रतिशमा पुगेको पौडेलले बताउनुभयो  । सरकारले निजी क्षेत्रको घाँटी थिचेर देशलाई इतिहासकै डरलाग्दो आर्थिक संकटमा लगेको आरोप लगाउनुभयो ।
रुपन्देही २ का प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेको पौडेलले केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर अध्यादेशको सरकार बनाउने खेल सुरु भएदेखि नै देश आर्थिक संकटमा जान सुरु भएको बताउनुभयो ।

बैंकको ब्याजदरमा उच्च वृद्धिका विरुद्वमा आन्दोलनरत उद्योगी व्यवसायीहरुको मागप्रति आफ्नो समर्थन रहेको र आगामी दिनमा पनि रहने पौडेलले प्रतिबद्वता व्यक्त गर्नुभयो ।