विराटनगर, असोज २५ : आसत्र प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण रहने उम्मेदवारहरूले बताउनुभएको छ । प्रेस चौतारी नेपाल मोरङ शाखाद्वारा आज यहाँ आयोजित उम्मेदवार साक्षात्कार कार्यक्रममा उहाँहरूले यस्तो धारणा राख्नुभएको हो ।
निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित, स्वतन्त्र एवं भयरहित वातावरणमा सम्पत्र गर्न सञ्चारकर्मीहरूको भूमिका अझ फराकिलो हुने र सञ्चारकर्मीहरूले आफ्ना सेवाको माध्यमबाट आचारसंहिता पालना गराउन पनि मद्दत हुने उहाँहरूको भनाइ छ ।
साक्षात्कार कार्यक्रममा मोरङ निर्वाचन क्षेत्र नं ४ का नेकपा ९एमाले०को तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार विनोद ढकालले यो निर्वाचन आवधिक निर्वाचन भएकाले यसले विशेष महत्व राख्ने बताउनुभयो । प्रणालीलाई संस्थागत विकास गर्न सञ्चारमाध्यमले सत्य र तथ्यमा आधारित भएर समाचार प्रवाह गर्नुपर्ने उहाँले बताउनुभयो ।
नेकपा ९एमाले०का तर्फबाट निर्वाचन क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार लालबाबु पण्डितले यो निर्वाचनमा राजनीतिक दलसँगै सञ्चारकर्मीहरूको पनि सक्रियता बढ्ने धारणा राख्नुभयो ।
उहाँले आसत्र निर्वाचन राजनीतिक दलका मात्र नभएर सञ्चारमाध्यमका लागि पनि भएकाले जनतामा रहेका भ्रमहरूलाई हटाउन सञ्चारकर्मीहरूको योगदान हुनुपर्छ भत्रुभयो । समाजका नकारात्मक टिप्पणीहरुलाई सकारात्मकरूपमा प्रस्तुत गर्न सञ्चारकर्मीहरूको भूमिका हुनुपर्ने उहाँको भनाइ थियो ।






