सुकेडाँगी फुटबलको उपाधि खुदुनाबारीलाई

  असोज १८, २०७९

बिर्तामोड, असोज १८ : झापाको कनकाई नगरपालिका २ सुकेडाँगीमा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि खुदुनावारीले हात पारेको छ ।

फाइनल खेलमा डाँगीबारी फुटबल क्लबलाई ४—० गोल अन्तरले पराजित गर्दै खुदुनावारी विजयी बनेर नगद ५० हजार रुपियाँ प्राप्त गरेको हो ।

उपविजयी बनेको डाँगीबारीले नगद ३० हजार रुपियाँ पाएको छ । खेलमा सबै गोल दोस्रो हाफमा भएको हो । विजयी टिमका लागि नेमा दोर्जे तामाङले २ गोल, प्रमोद चौधरीले १ गोल गर्नुभएको थियोे ।

निर्वतमान सङ्घीय सांसद एलपी साँबा लिम्बु र कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले नगद तथा ट्रफी प्रदान गर्नुभयो । प्रतियोगितामा झापाका ८ टिमको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया