इण्डोनेसियामा ट्रेड एक्स्पो हुने

  असोज ०५, २०७९

काठमाडौं, असोज ५ : आगामी अक्टोबरमा इण्डोनेसियाको जाकार्तामा ट्रेड एक्स्पो हुने भएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी आगामी अक्टोबरमा इण्डोनेसियाको जाकार्तामा ट्रेड एक्स्पो हुने जानकारी दिएको हो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्र ढकालले सो एक्स्पोमा इण्डोनेसियाले उत्पादन गरेका सबै प्रकारका वस्तुहरू राखिने बताउनुभयो ।

उहाँले सो एक्स्पोले नेपाल र इण्डोनेसियाका बीचमा भइरहेको व्यावसायिक गतिविधिलाई अझै बढाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उपाध्यक्ष ढकालले एक्स्पोमा सहभागी भएर नेपालले इण्डोनेसियाका उत्पादनहरूका बारेमा जानकारी लिने र नेपाली उत्पादनहरूलाई इण्डोनेसिया लैजाने उपयुक्त अवसर हुने उल्लेख गर्नुभयो ।

सो अवसरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्नुहुँदै उपाध्यक्ष ढकालले बैङ्कहरूले ब्याज बढाउनु स्वाभाविक नभएको बताउनुभयो । उहाँले ब्याज बढ्दैमा डिपोजिट नबढ्ने पनि बताउनु भयो ।

उपाध्यक्ष ढकालले भन्नुभयो, ‘‘ब्याज बढाएको चिज स्वाभाविक होइन । अहिले ब्याज बढेको छ, जुन लेभलमा अहिले ब्याज बैङ्कहरूले बढाएको छ । ब्याज बढाउँदैमा डिपोजिट बढ्छ भन्ने कुरा पटक्कै होइन ।’’

उहाँले तरलता अभावका कारण व्यापारिक गतिविधिहरू खुम्चिरहेको बताउनुभयो । यद्यपि पछिल्लो समय रेमिट्यान्स र पर्यटनको क्षेत्रमा भने सुधार हुँदै गएको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया