नेपाल बैङ्कको डबल धमाका मुद्दती खाता

  असोज ०४, २०७९

काठमाडौँ, असोज ४ : नेपाल बैङ्कले डबल धमाका मुद्दती खाता सञ्चालन गरेको छ । डबल धमाका मुद्दती खातामा जम्मा गरेको रकम पाँच वर्ष नौ महिना २९ दिनमा दोब्बर हुने बैङ्कले जनाएको छ ।

यस खातामा न्यूनतम २५ हजार रुपियाँभन्दा माथिको रकम जम्मा गर्न सकिन्छ । यो योजनामा बैङ्कले पाँच लाख रुपियाँसम्मको क्रेडिट कार्ड सुविधा पनि उपलब्ध गराएको छ ।

यसैगरी संस्थागत डबल धमाका मुद्दती खातामा जम्मा गरेको रकम सात वर्ष दुई महिनामा दोब्बर हुनेछ । यसमा संस्थाले एक लाख रुपियाँभन्दा माथिको रकमको रकम जम्मा गर्न सक्नेछन् ।

बैङ्कले विदेशमा कार्यरत नेपालीका लागि डबल धमाका मुद्दती खाता रेमिट्यान्स सञ्चालनमा ल्याएको छ । अबदेखि यो खातामा विदेशबाट प्राप्त रेमिट्यान्सको रकम जम्मा गर्दा मात्र पाँच वर्ष पाँच महिनामै सो रकम दोब्बर हुनेछ ।

तपाईको प्रतिक्रिया