१५ दिनमा आठ सय बढी धार्मिक पर्यटक हुम्ला भित्रिए

  भदौ २२, २०७९

हुुम्ला, भदौ २२ : नेपाली भूमी लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन गर्ने धार्मिक पर्यटकहरुको सङ्ख्या आठ सय भन्दा बढी पुुगेको छ । गत भदौ ६ गतेयता पर्यटकहरु हुुम्ला भित्रिन सुुरु भएको थियो ।

टेकर सोसाईटीका प्रबन्धक प्रल्हाद लिम्बुुको अनुुसार मंगलबारसम्म ८१३ जना पर्यटक हुम्ला भित्रिनुु भएको छ । उहाँले मानसरोवर कैलाशको दरदर्शन गर्ने पर्यटकहरु हुुम्ला आउन सुुरु भएयता दैनिक ५० देखि ८० जना आउने गरेको बताउनुुभयो । पर्यटकहरु ओसार्न दैनिक ६ भन्दा बढी उडानहरु तारा एयरका तीन वटा जहाजले भर्ने गरेका छन् ।

धार्मिक पर्यटकहरु गत भदौ ६ गतेबाट आउन सुुरु भएको हो । हुुम्ला भित्रिनुु भएका पर्यटकहरु मध्य ८२ जना सिमकोटमा लेकधिंगा जाने क्रममा बास बस्नुु भएको छ । अन्य सबै लेकधिंगा, ताक्ची र लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गरेर फर्कनु भएको छ । त्यो मध्य चार सय भन्दा बढीले लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गरेर जिल्लाबाट बाहिरी सक्नुु भएको छ ।

पर्यटकहरु भारत लगाएत १७ देशका रहनुु भएको छ । हालसम्म जिल्लामा भित्रिनुु भएका पर्यटकहरु मध्य एक जना मात्र ताक्चीमा स्वासप्रस्वासमा समस्या आएपछि दर्शनै नगरि फिर्ता हुनु परेको थियो । पर्यटकका लागि सिमकोटका दुुई वटा होटेलहरु बिजय र कैलाश होटेल बास बस्ने ब्यवस्था गरिएको छ ।

यसैगरी लेकधिंगा र ताक्चीमा एक सय पाल टाँगेर पर्यटक बस्ने ब्यवस्था गरिएको छ । जिल्ला भित्रिएका पर्यटकहरुका लागि एक रात सिमकोट, दोस्रो दिन लेकधिंगा, तेस्रो र चौथो दिन ताक्ची र पाँच दिनमा लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्ने ब्यवस्था गरिएको छ ।

दर्शन गरेको दिन पर्यटकहरुलाई बेलुुका बास ताक्चीमै हुने गरेको छ । छैटौ दिनमा सिमकोट फिर्ता ल्याउने गरिएको छ । पर्यटकहरुको आगनमनसंगै सिमकोट बिमानस्थल। बजारमा पर्यटकहरुको बाक्लो उपस्थिती हुने गरेको छ ।

तपाईको प्रतिक्रिया