इजरायलमा श्रमिक पठाउन सफलता

  भदौ १७, २०७९

काठमाडौँ, भदौ १८ : केयरगिभरमा छनोट भएकामध्ये ८६२ नेपाली इजरायल प्रवेश गरेका छन् । वैदेशिक रोजगार विभागका अनुसार आउने आइतबार थप १४० इजरायल गएसँगै इजरायल प्रवेश गर्नेको सङ्ख्या एक हजार दुई जना नेपाली पुग्ने छन् ।

इजरायलमा सहायक श्रमिकका रूपमा पठाउने कार्यमा सफलता प्राप्त गरेको विभागको दाबी छ । अब बाँकी रहेका युवासमेत छिट्टै जाने तयारी रहेको बताइएको छ ।

नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताबमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिकका रूपमा काम गर्न छनोट भएका एक हजार १७५ जनामध्ये करार सम्झौता (एसईसी) सम्पन्न भए पनि विभिन्न कारणले छ महिना रोकिएको थियो । विगत दुई महिनामा आठ सय नेपाली युवा इजरायल प्रवेश गरिसकेका छन् ।

इजरायलको केयरगिभरमा सहायक श्रमिकका लागि नौ हजार ६९९ जनाले निवेदन दिएकोमा एक हजार १७५ जना छनोट भएका थिए । इजरायल प्रवेश गरेका नेपाली युवामध्ये ७० प्रतिशत अर्थात् ८२१ महिला र ३० प्रतिशत अर्थात् ३५४ पुरुष रहेका छन् ।

इजरायलको पिवाले छनोट गरेका एक हजार १७५ मध्ये ८२१ महिला र ३५४ पुरुषको अन्तिम नामावली प्रकाशित गरेको थियो ।

तपाईको प्रतिक्रिया