‘स्पाइनलकर्ड इन्जुरी’ पीडितद्वारा सहयोगको याचना

  साउन २१, २०७९

काठमाडौँ, साउन २१ : ‘स्पाइनलकर्ड इन्जुरी’ रोगपीडित सुनसरी जिल्लाको इटहरी–२० तरहराका ४४ वर्षीय पारस मोतेले उपचारका लागि आर्थिक सहयोग गरिदिन अपिल गर्नुभएको छ ।

उहाँ विगत १० वर्षदेखि ‘स्पाइनलकर्ड इन्जुरी’ रोगसँग जुध्दै आउनुभएको छ । स्पाइनलकर्ड इन्जुरीको १० वर्षअघि साथीहरूबाट पैसा जुटाएर दिल्लीको एक सरकारी अस्पतालमा एकपटक एम्बुलाइजेशन गर्नुभएका मोतेलाई अस्पतालले अझै दुईपटक एम्बुलाइजेशन गर्नुपर्छ भनेको छ, तर पैसा छैन । मोतेले पैसा अभावमा थप उपचार रोकिएको भन्दै सहयोगको याचना गरिरहनुभएको छ ।

रासससँग उहाँले भन्नुभयो, “एकपटक एम्बुलाइजेशन गरेको रु चार लाख शुल्क लाग्छ, एम्बुलाइजेशनका लागि करिब नौ महिना भारतमा बस्नुपर्छ, ममात्रै नभएर बिरामी कुरुवाको समेत खानपिनको बन्दोबस्त गर्न समस्या हुन्छ, मेरो अर्थावस्था अत्यन्त कमजोर छ, थप उपचारमा आर्थिक सहयोग गरिदिनु हुन देश र विदेशमा रहेका सहयोगी मनहरूलाई आग्रह गर्दछु ।” उहाँले आफूलाई सहयोग गर्न इच्छुक व्यक्तिलाई मोबाइल नं ९८०४०३७४२८ मा सम्पर्क गर्नसमेत आग्रह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया