आर्थिक विकास र गरिबी निवारणमा गुइझोउको प्रगति उदाहरणीय

  साउन १८, २०७९

गुइयाङ, साउन १८ : चीनको दक्षिणपश्चिमी गुइझोउ प्रान्तमा विगत एक दशकमा आर्थिक विकास र गरिबी निवारणमा उल्लेख्य प्रगति भएकोे छ ।

बुधबार प्रान्तीय राजधानी गुइयाङमा गरिएको पत्रकार सम्मेलनमा चीनको गुइझोउ प्रान्तले आर्थिक विकास र गरिबी निवारणमा पाएको सफलतासँगै सन् २०२१ मा गुइझोउको कुल गार्हस्थ उत्पादन दुई खर्ब युआन (करिब २९५ अर्ब अमेरिकी डलर) नजिक पुगेको जनाइएको हो ।

यस प्रान्तका शहरी तथा ग्रामीण बासिन्दाको प्रतिव्यक्ति आय सन् २०१२ को तुलनामा क्रमशः २।१ गुणा र २।७ गुणा बढेको जनाइएको थियो ।

गत १० वर्षमा गुइझोउका ९० लाख २३ हजार गरिब नागरिक गरिबीको रेखाबाट माथि उकासिएको र यहाँका आधारभूत संरचना विकासमा उपलब्धिहरू हासिल भएका छन् ।

डिजिटल अर्थतन्त्र विकास नवप्रवर्तन क्षेत्र निर्माणमा केन्द्रित भएका कारण यस प्रदेशमा पनि डिजिटल अर्थतन्त्रले गति लिएको थियो । यसैबीच, गुइझोउ पर्यावरण र हरित विकासलाई प्राथमिकता दिन प्रतिबद्ध छ र यहाँको जङ्गल क्षेत्र ६२ प्रतिशतभन्दा बढी छ ।

तपाईको प्रतिक्रिया