लमजुङको सोतीपसलमा ग्लोबल आईएमईको काउन्टर

  साउन १५, २०७९

काठमाडौँ, साउन १५ : ग्लोबल आईएमई बैङ्कले लमजुङको मध्यनेपाल नगरपालिका–३, सोतीपसलमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैङ्कले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैङ्किङ सेवाको आवश्यकतालाई मध्यनजर गर्दै भोर्लेटार शाखाको मातहतमा रहने गरी उक्त एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।

मुलुकभित्र र बाहिर बैङ्किङ सेवा पु-याउने उद्देश्य लिएको ग्लोबल आईएमईले ७७ जिल्लामा २८९ शाखा, २६५ एटीएम, २७५ शाखारहित बैङ्किङ सेवा, ५२ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८८१ भन्दा बढी एकाइबाट सेवा प्रदान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया