नेपाल बैङ्कको डबल धमाका मुद्दती खाता

  साउन १४, २०७९

काठमाडौँ, साउन १४ : नेपाल बैंक लिमिटडले नेपाल बैङ्क डबल धमाका मुद्दती खाता सञ्चालनमा ल्याएको छ । बचतकर्ताले यो मुद्दती खातामा लगानी गरेको रकम ६ वर्ष चार महिना २० दिनमा दुई गुणा हुनेछ भने संस्थाको हकमा सात वर्ष तीन महिनामा दुई गुणा हुने बैंकले जनाएको छ ।

यो मुद्दती खातामा रेमिट्यान्सबाट प्राप्त रकम लगानी गर्दा पाँच वर्ष ११ महिना दुई दिनमा दोब्बर हुने बैंकले जनाएको छ । यो मुद्दती खाता खोल्ने ग्राहकले पाँच लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधालगायत अन्य आकर्षक सुविधा पनि प्राप्त गर्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया