व्यवस्था संशोधनको मागसहित मन्त्रीलाई ज्ञापनपत्र

  साउन ११, २०७९

गण्डकी, साउन ११ : नेपाल चेम्बर्स अफ कमर्स गण्डकीले गण्डकी प्रदेशका भौतिक, पूर्वाधार सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्कालाई ज्ञापनपत्र बुझाएको छ ।

यातायात व्यवस्थाले सवारी साधनको नवीकरण र जरिवानाबापत चर्को शुल्क लिइएको भन्दै संशोधनको मागसहित आज मन्त्री खड्कालाई चेम्बर्स अफ गण्डकीका अध्यक्ष किसान सुनार नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाएको हो ।

आर्थिक ऐनमा स्पष्ट व्यवस्था उल्लेख नगरिकन चर्को शुल्क असुल्ने निर्णय नागरिकको हितविपरित भएको भन्दै ज्ञापनपत्र बुझाइएको अध्यक्ष सुनारले बताउनुभयो ।

सो व्यवस्था संशोधन हुने विश्वास व्यक्त गर्दै उहाँले नागरिक र सेवाग्राहीको हितविपरित गरिएको निर्णय सच्याइनुपर्ने बताउनुभयो । ज्ञापनपत्र बुझ्दै मन्त्री खड्काले यातायात व्यवस्था कार्यालय ९सवारी० कास्कीले सो व्यवस्था संशोधनका लागि पत्राचार गरिसकेको बताउँदै मन्त्रिपरिषद्को बैठकबाट संशोधन गरिने धारणा राख्नुभयो ।

तपाईको प्रतिक्रिया