एलन मस्कसँग सम्झौता गर्न ट्वीटरले ग-यो ३३ मिलियन डलर खर्च

  साउन १०, २०७९

काठमाडौं, साउन ९ : अमेरिकी माइक्रोब्लग सामाजिक सञ्जाल ट्वीटरले तीन महिनाको अवधिमा एलन मस्कसँग कम्पनी किन्ने सम्झौतामा ३३ मिलियन डलर खर्च गरेको बिबिसीले जनाएको छ ।

विश्वका सबैभन्दा धनी व्यक्ति र टेस्लाका सिइओ मस्कले अप्रिलमा ट्वीटर किन्ने सम्झौता गरेका थिए तर सम्झौता अनुसार आफूले माग गरेबमोजिमको डाटा ट्वीटरले नदिएकाले सम्झौता अघि बढाउन नसकिने मस्कको भनाइ छ ।

मस्कले ट्वीटर किन्ने हल्लापछि दैनिक प्रयोगकर्ताको संख्या बढेर २३७ मिलियन पुगेको थियो । प्रयोगकर्ताको संख्या बढेसँगै कम्पनीले २७० मिलियन डलरको घाटा व्यहोरेको समेत बताइएको छ । ‘बाँकी अधिग्रहण’लाई कारणको रुपमा उद्धृत गर्दै ट्वीटरले आफ्नो पछिल्लो वित्तीय परिणामहरुमा छलफल गर्न अस्वीकार गरेको छ ।

मस्क र कम्पनीका लगानीकर्ता ट्वीटरको खरिद—बिक्रीका लागि राजी भएपछि डुब्लिकेट खाताको संख्या दोब्बरले घटाएको थियो । जसलाई कारण देखाउँदै मस्कले सम्झौता नै रद्ध गर्ने घोषण गरेका थिए ।

‘हामीले डुप्लिकेट र स्पाम खाताहरुको संंख्या घटाउने अभियन चलाएका छौँ,’ कम्पनी भन्छ, अबको केही महिनाभित्र नक्कली खाताको संख्या वास्तविक प्रयोगकर्ताको भन्दा ५ प्रतिशतले कम हुने छ ।’

४४ विलियन डलरमा ट्वीटर किन्ने सम्झौता खारेज गरेपछि कम्पनीले मस्कविरुद्ध अदालतमा मुद्दा हालेको हो । ट्वीटरसँग सम्झौता भंग गर्ने भएसँगै सेयर मूल्य ५४.२० बाट घटेर पुन: ३६ डलरमै झरेको थियो । बढेको सेयर मूल्यलाई कायमै राख्नुपर्ने दबाब ट्वीटर बोर्डमाथि छ ।

सन् २०२१ मा ट्वीटरको राजस्व संकलन पाँच बिलियन अमेरिकी डलर थियो । यो पछिल्लो केही महिनायता ४५ प्रतिशतसम्मले घटेको छ ।

तपाईको प्रतिक्रिया