नेपाल बैंकको पायनियर बचत खाता सञ्चालनमा

  साउन ०७, २०७९

काठमाडौं, साउन २ : नेपाल बैंक लिमिटेडले उच्च ब्याजदरसहित आकर्षक विशेषताहरु भएको नेपाल बैंक पायनियर बचत खाता सञ्चालनमा ल्याएको छ ।

यो बचत खातामा व्याजदर वार्षिक ८.०३ प्रतिशत रहेको छ भने १० लाख रुपैयाँसम्मको निःशुल्क दर्घटना बीमा सुविधा दिइएको बैंकद्वारा जारिी विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी पायनियर बचत खाता खोल्ने ग्राहकले निःशुल्क डेबिट र क्रेडिट कार्ड सुविधा, निःशुल्क डिजिटल बैंकिङ सुविधा, लकर सुविधामा ५० प्रतिशत छुट, निःशुल्क डिम्याट खाता तथा सिआस्वालगायत सुविधा पाउने छन् ।

तपाईको प्रतिक्रिया