कोषले सगरमाथा जलविद्युत्को शेयर प्रत्याभूति गर्ने

  साउन ०४, २०७९

काठमाडौँ, साउन ४ : नागरिक लगानी कोषले सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडको साधारण शेयर प्रत्याभूति गर्ने भएको छ ।

शेयर प्रत्याभूतिकर्तासम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र सगरमाथा जलविद्युत्को तर्फबाट डा भूषण गुरागाईँले हस्ताक्षर गर्नुभएको हो ।

सगरमाथा जलविद्युत्को ५४ लाख ८८ हजार कित्ता साधारण शेयरमा रु १०० अङ्कित दरले हुन आउने रु ५४ करोड ८८ लाख बराबरको शेयर कोषले प्रत्याभूति गर्ने छ ।

तपाईको प्रतिक्रिया