दिलीप स्मृति च्याम्पियन

  असार १९, २०७९

काठमाडौँ, असार १९ : दिलीप स्मृति प्रतिष्ठान प्रथम उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगितामा आज टिम च्याम्पियन बनेको छ । ६ स्वर्ण र ३ रजतसाथ प्रतिष्ठान समग्रमा टिम च्याम्पियन बन्न सफल भएको हो ।

तेक्वान्दो विभागको आयोजनामा भएको प्रतियोगितामा ३ स्वर्ण, १ रजत र १ कास्यसहित कोटेश्वर तेक्वान्दो डोजाङ दोस्रो भयो । तेस्रो स्थानको मूलपानी तेक्वान्दो डोजाङले २ स्वर्ण, ३ रजत र २ कास्य हात पा¥यो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको पुरुषमा कोटेश्वरका सागर घिमिरे तथा महिलामा प्रतिष्ठानकी भवानी बुढाथोकी उत्कृष्ट खेलाडी चुनिए । दुवैले जनही पाँच हजार नगद पुरस्कार पाए ।

विजेतालाई पूर्वमन्त्री विष्णु पौडेल, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, महासचिव पुरेन्द्रविक्रम लाखेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । प्रतियोगितामा पुरुषरमहिलामा ८–८ गरी १६ स्पर्धामा प्रतिस्पर्धा भएको प्रतियोगिता संयोजक मनोज खड्गीले जानकारी दिनुभयो । ७१औँ मदन जयन्तीका अवसरमा आयोजित दुईदिने प्रतियोगितामा २३० खेलाडी सहभागी थिए ।

तपाईको प्रतिक्रिया