विपन्न दलित महिलालाई बाख्रा वितरण

  असार १९, २०७९

कञ्चनपुर, असार १९ ; आर्थिक रूपमा विपन्न अवस्थामा रहेका दलित महिलाको आय आर्जनमा टेवा पुर्‍ययाउन शुक्लाफाँटा नगरपालिका वडा नं ९ ले आज निःशुल्क बाख्रा वितरण गरेको छ । वडामा बसोवास गर्ने २५ जना दलित महिलालाई बाख्रा वितरण गरिएको हो ।

वडा अध्यक्ष रमेशबहादुर ऐरका अनुसार आब २०७८/७९ मा विनियोजित रु चार लाख खर्च गरेर बाख्रा वितरण गरिएको छ । “वडाका विपन्न अवस्थाका दलित परिवारलाई एक वटाका दरले बाख्रा वितरण गरेका छौँ”, उहाँले भन्नुभयो, “यसबाट दलित परिवारको आय आर्जनमा टेवा पुग्छ । वितरण गरिएका बाख्राबाट जन्मिएको पाठा पाठी वडा कार्यालयले खरिद गर्नेछ ।

ती बाख्राका पाठापाठीहरू अर्का विपन्न परिवारलाई वितरण गर्छौँ ।” यो प्रकृया निरन्तर चलाईने उहाँले बताउनुभयो ।बाख्रा वितरण कार्यक्रमको सुभारम्भ गर्दै नगर प्रमुख रणबहादुर महराले बाख्रापालन निर्वाहमुखीभन्दा व्यावसायिक बन्नुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया