सप्तरीमा राष्ट्रिय महिला कबड्डी हुने

  असार १९, २०७९

सप्तरी, असार १९ : सप्तरीमा सोमबारदेखि राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा देशभरका नौ टोलीको सहभागिता हुने छ ।

जिल्ला कबड्डी सङ्घको आयोजनामा तीन दिनसम्म सञचालन हुने उक्त प्रतियोगिताको विजेता र उपविजेतालाई पुरस्कृत गरिने प्रतियोगिता मूल व्यवस्थापन समितिका संयोजक अरबिन्दकुमार झाले जानकारी दिनुभयो ।

अखिल नेपाल कबड्डी सङ्घका कोषाध्यक्ष समेत रहनुभएका झाका अनुसार सो प्रति योगिता राजविराज नगरपालिका–८ स्थित राधाकृष्ण मन्दिरको परिसरमा सञ्चालन हुने छ ।

तपाईको प्रतिक्रिया