कञ्चनपुर उद्योग वाणिज्य सङ्घ निर्वाचन : वरिष्ठ उपाध्यक्षसहित ११ जना निर्विरोध निर्वाचित

  असार १६, २०७९

महेन्द्रनगर,असार १६ : कञ्चनपुर उद्योग वाणिज्य सङ्घको १७औँ कार्यकारिणी समितिको निर्वाचनअन्तर्गत आज वरिष्ठ उपाध्यक्षसहित ११ जना निर्विरोध निर्वाचित भएका छन् ।

वाणिज्य सङ्घ निर्वाचन समितिको कार्यालयले आज बेलुकी ४ बजेसम्मका लागि उम्मेदवारी फिर्ताको समयसीमा दिएको थियो । हालसम्म वरिष्ठ उपाध्यक्षमा युवा व्यवसायी दिनेश मल्ल, उद्योग उपाध्यक्षमा सुरेश गुरुङ, सचिवमा राहुल भट्ट र कोषाध्यक्षमा चेतराज जोशी निर्विरोध निर्वाचित हुनुभएको छ ।

त्यसैगरी कार्यकारिणी समितिको सात जना सदस्यसमेत निर्विरोध निर्वाचित भएका छन् । सदस्यमा भोजराज अवस्थी, प्रदीप पाल, मीनराज भट्ट, प्रेमप्रकाश पाठक, विशाल सोनार, गोपालसिंह बुडापाल, नरेन्द्रप्रसाद जोशी र संस्थागत सदस्यतर्फ चन्द्र बुडा रहनुभएको छ ।

आज दिनभरि सहमतिमै नेतृत्व चयन गर्न व्यवसायी प्रयासरत रहे पनि सहमति जुट्न सकेन । अध्यक्ष पद, वाणिज्य उपाध्यक्ष र महासचिव पदका लागि यही असार २५ गते निर्वाचन हुनेछ । अध्यक्ष पदका लागि व्यवसायी पीताम्बर जोशी र गणेश जोशी चुनावी प्रतिस्र्धामा उत्रिँदैछन् ।

त्यस्तै वाणिज्य उपाध्यक्षमा धर्मसिंह रावल र विनोद जोशीबीच प्रतिस्पर्धा हुनेछ भने महासचिव पदमा निर्मला सोपकोटा भट्ट र खगेश्वर बोहरा चुनावी मैदानमा उत्रिएका छन् । उद्योग वाणिज्य सङ्घमा जिल्लाभरि छरिएर रहेका तीन हजार २०० भन्दाबढी व्यापारी-व्यवसायी निर्वाचनमा मतदाता रहेका छन् ।

तपाईको प्रतिक्रिया