स्वास्थ्य राज्यमन्त्रीद्वारा एक्स–रे उपकरण उद्घाटन

  असार १५, २०७९

काठमाडौँ, असार १५ : स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले राष्ट्रिय ट्रमा सेन्टरमा एक्स–रे डिआर उपकरणको उद्घाटन गर्नुभएको छ । उहाँले उपकरणको पूर्ण उपयोग गर्नसके ट्रमाका बिरामीलाई राहत हुने बताउनुभयो । उहाँले ट्रमा सेन्टरलाई एमआरआई उपकरण उपलब्ध गराउन पहल गर्ने बताउनुभयो ।

राज्यमन्त्री केसीले ट्रमामा २५ शय्या सघन उपचार कक्ष (आइसियु) र १०० शय्या थप गर्ने योजना रहेको बताउनुभयो । सेन्टरका निर्देशक डा प्रमोदकुमार यादवले ट्रमाका उपकरणले बिरामीको हरेक कोषबाट रेडियोग्राफी तस्बिर खिच्न सकिने बताउनुभयो ।

ट्रमाका सूचना अधिकारी अर्जुनप्रसाद भेटुवालले उपकरण स्वचालित र पूर्ण प्रविधिमैत्री रेडियोग्राफी उपकरण रहेकाले धेरै बिरामीको प्रभावकारी ढङ्गले तस्बिर खिच्नसक्ने बताउनुभयो । उपकरण रु एक करोड ५० लाखमा खरिद गरिएको हो ।

तपाईको प्रतिक्रिया