सुदूरपश्चिमको बजेटमा सत्तापक्ष असन्तुष्ट

  असार ०८, २०७९

धनगढी, असार ८ : सुदूरपश्चिम प्रदेश सभाको आज बोलाइएको बैठक स्थगित भएको छ। प्रदेश सभा सचिवालयले सूचना टाँस गरेर प्रदेश सभाको बैठक स्थगित भएको जनाएको हो।

आजको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुने कार्यसूची रहेको थियो। अर्को बैठक अर्को असार १२ गते बुधबार बोलाइएको छ।

सत्तापक्षबाटै बजेटको विरोध हुने भएपछि बैठक स्थगित गरिएको छ। प्रदेश सरकारले ल्याएको रातो पुस्तिकामा थुप्रै त्रुटिका साथै आर्थिक सुशासन विपरितका गतिविधि देखिएको भन्दै सत्तापक्षकै प्रदेशसभा सदस्यले असन्तुष्टी प्रकट गरेको हो।

प्रक्रिया विपरित आएका योजना सच्याउनु पर्ने भन्दै बजेटमा प्रदेश सभा सदस्यको असन्तुष्टि रहेको नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक अक्कल रावलले बताउनुभयो। उहाँका अनुसार कतिपय योजना बजेटको सिद्धान्त विपरित रहेको छ। प्रक्रिया विपरित आएका योजनाहरु सच्याउन माग गरिएको उहाँले बताउनुभयो।

तपाईको प्रतिक्रिया