प्रधान सेनापति शर्माद्वारा लेवनानमा युनिफिल मिसनको भ्रमण

  असार ०५, २०७९

काठमाडौं, असार ५ : लेवनान भ्रमणमा रहनुभएका प्रधान सेनापति प्रभुराम शर्मासहित टोलीले आइतबार लेवनानस्थित युनिफिल मिसन सेक्टर इस्ट हेडक्वार्टरको भ्रमण गर्नुभएको छ । भ्रमणको क्रममा प्रधान सेनापति शर्माले हेडक्वार्टरका ब्रिगेडर जनरल इग्नासिओ इजोर्जसँग शिष्टाचार भेटघाट गर्नुभएको थियो ।

 

भेटमा उहाँले मिशनका विविध पक्षहरुका बारेमा जानकारी पनि लिनुभएको थियो । शर्माको सम्मानमा इस्ट हेडक्वार्टरले सम्मान गारत अर्पण समेत गरेको थियो । प्रधान सेनापति शर्माले लेवनानस्थित नेपबाट हेडक्वार्टरको पनि भ्रमण गरि त्यस ईलाकाको वस्तुस्थिती लगायत विविध गतिविधिका बारेमा जानकारी लिनुभएको थियो ।

 

उहाँले शान्ति स्थापनार्थ वीरगती प्राप्त नेपाली शान्ति सैनिकहरुको सम्मानमा निर्मित हेडक्वार्टरस्थित वीर स्मारकमा माल्यार्पण गर्नुभएको थियो । उहाँले गोर्खा ग्रीनपार्कको उद्घाटन गर्नुका साथै वृक्षारोपण कार्यक्रममा सहभागी हुनुभएको थियो ।

तपाईको प्रतिक्रिया