रुपन्देही जिससमा कांग्रेसको नेतृत्व

  असार ०४, २०७९

लुम्बिनी, असार ४ : जिल्ला समन्वय समिति रुपन्देहीको आज सम्पन्न निर्वाचनमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार उमाकान्त चपाईँ २० मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का नरबहादुर घर्तीमगरले १२ मत प्राप्त गर्नुभएको छ ।

जिल्लामा १६ पालिकाका ३२ मतभार रहेको जिल्ला समन्वय समितिको निर्वाचनमा उपप्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टीका रामकृपाल धोबी १६ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका पवित्रादेवी श्रेष्ठले १५ मत पाउनुभएको छ ।

यस्तै महिला सदस्यमा नेपाली कांग्रेसका विष्णुमाया सुवेदी जयसवाल, दलित वा अल्पसङ्ख्यकमा कांग्रेसका राजमनप्रसाद हरिजन, सदस्यमा कांग्रेसकै अब्दुल मोकिम मुसलमान, ऋषिराम बस्याल र लोसपाका मुकेशकुमार पाण्डे विजयी हुनुभएको छ ।यस्तै नेकपा (माओवादी केन्द्र)का मञ्जु परियार र लोसपाका बुधनी चमार विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया