काठमाडौं, असार ४ : पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १५ सय ९० जनाको पीसीआर परीक्षण गर्दा ११ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ९४४ जनाको एन्टीजेन परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी २४ घण्टामा ११ जना सङ्क्रमणमुक्त भएका छन् । मृत्युदर शून्य रहेको नेपालमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या १०४ पुगेको छ ।