जिसस पर्साको प्रमुख पदमा सोनार विजयी

  जेठ २९, २०७९

वीरगञ्ज, जेठ २९ : जिल्ला समन्वय समिति पर्साको प्रमुख पदमा जनता समाजवादी पार्टी (जसपा) का नीरज (अजय) साह सोनार विजयी हुनुभएको छ । जसपा र नेकपा (एमाले) तर्फबाट साझा उम्मेदवार बन्नुभएका उहाँ दुई मतको अन्तरले विजयी हुनुभएको हो ।

उहाँले १५ मत ल्याउँदा उहाँका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठबन्धनका साझ उम्मेदवार सरोज चौरसियाले १३ मत प्राप्त गर्नुभयो ।यसैगरी उपप्रमुख पदमा एमालेका पुरन साह कूल १५ मतसहित जिजयी बन्नुभएको हो भने उहाँका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका कुमारी सोनीले १३ मत प्राप्त गर्नुभयो ।

जिससको नेतृत्वका लागि जसपा–एमाले गठबन्धन मिलेर चुनाव लडेकामा सबै पदमा गठबन्धनका उम्मेदवार विजयी भएका हुन् । नौ सदस्यीय जिसस पर्सामा जसपाबाट तीन र एमालेका चार सदस्य विजयी भएका छन् ।एमाले को १० र जसपाको पाँच गरी १५ मत थियो । यसैगरी कांग्रेस १२ र लोसपा एक गरी १३ मत थियो ।

तपाईको प्रतिक्रिया