रसुवा जिल्ला समन्वय समितिमा घिमिरे निर्वाचित

  जेठ २८, २०७९

रसुवा, जेठ २८ : स्थानीय तहअन्तर्गत रसुवा जिल्ला समन्वय समितिको प्रमुख पदमा नेकपा (एमाले)का उम्मेदवार अशोककुमार घिमिरे तथा उपप्रमुखमा एमालेकै उमेदवार विजय लामा विजय हुनुभएको छ ।

मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालका अनुसार जिल्ला समन्वय समितिको सदस्य पदमा एमालेका उम्मेदवार खुवाप्रसाद पौडेल, कामीछिरिङ तामाङ, देशीरानी तामाङ तथा नेपाली कांग्रेसका उम्मेदवार तारकोत लामा, सविता गुरूङ, खीलबहादुर न्यौपाने र पार्वती विक सदस्यमा निर्वाचित हुनुभएको छ ।

पाँचवटा गाउँपालिका रहेको रसुवा जिल्ला समन्वय समितिको निर्वाचनमा एमाले र कांग्रेसका उम्मेदवारको मतपरिमाण बराबर आएकाले गोला प्रथाबाट अन्तिम परिमाण घोषणा गरिएको बताइएको छ । स्थानीय तहका सबै पदको निर्वाचन कार्य आजदेखि सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत नेपालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया