पुनर्वास ८ मा स्वतन्त्र उम्मेदवार निर्वाचित

  जेठ ०८, २०७९

कञ्चनपुर, जेठ ८ : कञ्चनपुरको पुनर्वास नगरपालिका–८ मा सबै पदमा स्वतन्त्रका उम्मेदवार निर्वाचित भएका छन् । वडाध्यक्ष र वडा सदस्य पदमा स्वतन्त्रका उम्मेदवार निर्वाचित भएका हुन् । वडाध्यक्षमा श्रवण राना ८१८ मतसहित विजयी हुनुभएको छ ।

महिला सदस्यामा देवी कार्की ६३२, दलित महिला सदस्यमा लक्ष्मी सुनार ६७१, सदस्यमा दिपेश मल्ल ६६४ र दुलेराम राना ६१३ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँहरुले गुलाबको फूल चुनाव चिह्न लिएर चुनाव भाग लिनुभएको थियो ।

तपाईको प्रतिक्रिया