डोटीको बोगटान फुड्सिलमा माओवादी र कांग्रेस विजयी

  जेठ ०२, २०७९

डोटी, जेठ २ : डोटीको बोगटान फुड्सिल गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का कमलबहादुर गड्सिला दुई हजार ५८ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का हस्तबहादुर बुढाले दुई हजार २४ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका डिलबहादुर बमले एक हजार ९३४ मत प्राप्त गर्नुभएको छ ।

गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकी विष्नादेवी बम विजयी हुनुभएको छ । बमले दुई हजार ६३ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का तर्फबाट उम्मेदवार बन्नुभएकी ज्ञानु मल्ल (बम) ले एक हजार ९९१ मत प्राप्त गर्नुभएको छ भने माओवादी केन्द्रकी कलावतीकुमारी चिमालले एक हजार ८७१ मत प्राप्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया