अजयमेरुमा पुनः भट्ट विजयी, उपाध्यक्षमा कांग्रेस

  जेठ ०२, २०७९

डडेल्धुरा, जेठ २ : डडेल्धुराको अजयमेरु गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का उमेशप्रसाद भट्ट विजयी हुनुभएको छ । भट्ट दोस्रो कार्याकालका लागि पुनः निर्वाचित हुनुभएको हो । निर्वाचन आयोगका अनुसार भट्टले दुई हजार ४६९ मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का पदमबहादुर पालले दुई हजार २९७ मत हासिल गर्नुभयो ।

उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार बसन्ती पालले दुई हजार ५६५ मत ल्याई विजयी हासिल गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार कलावती भाडले दुई हजार ३०९ मत प्राप्त गर्नुभयो । अजयमेरु गाउँपालिकामा वडा नं १ र ६ कांग्रेस, २ र ४ माओवादी, वडा नं ५ मा एमाले र वडा नं ३ मा स्वतन्त्र उम्मेदवारले जितेका छन् । डडेल्धुराका सात पालिकामध्ये अहिलेसम्म नेपाली कांग्रेसले दुई र माओवादीले दुई स्थानीय तह जितेका छन् ।

तपाईको प्रतिक्रिया