एफए कप : चेल्सीलाई हराउँदै लिभरपुल च्याम्पियन

  जेठ ०१, २०७९

काठमाडौँ, जेठ १ : एफ एक कप फुटबलको उपाधि लिभरपुलले जितेको छ । वेम्वली स्टेडियममा शनिबार राति भएको खेलमा लिभरपुलले बलियो प्रतिद्वन्द्वी चेल्सीलाई  टाइब्रेकरमा ६–५ गोलले हरायो । खेलको निर्धारित र थप गरिएको अतिरिक्त समयमा कुनै गोल निस्कन नसकेपछि टाइब्रेकरमा लिभरपुलले बाजी मारेको हो ।

लिभरपुलका जेम्स मिल्नर, थियागो अलकान्तरा, रोबर्टो फिर्मिनो, ट्रेन्ट एलेक्सान्डर आर्नोल्ड, डिएगो जोटा र कोन्सटाटिनोस टिसिमिकासले गोल गर्नुभयो । साडियो मानेले भने गोल गर्न सक्नुभएन । चेल्सीका मार्कोस अलन्सो, रिस जेम्स, रोस बार्कले, जर्गिन्हो र हाकिम जियाचले गोल गर्नुभयो । सेसर एज्पिलिक्वेटा र मासन माउन्टले प्रहार विफल बनेको थियो ।

टाइब्रेकरमा लिभरपुलका गोलरक्षक एलिसन बेकरले चेल्सीका दुई वटा प्रहार रोक्दै नायबकी भूमिका निर्वाह गर्नुभयो । लिभरपुलको यो सिजनको दोस्रो उपाधि हो । चार वटा उपाधि जित्ने अभियानमा रहेको लिभरपुलले यसअघि लिग कपको उपाधि जितिसकेको छ । लिभरपुल प्रिमियर लिगको उपाधि नजिक पुगेको छ भने च्याम्पियन्स लिगको पनि फाइनलमा प्रवेश गरेको छ ।

तपाईको प्रतिक्रिया