म्यानचेस्टर सिटी उपाधि मुखमा

  बैशाख २९, २०७९

काठमाडौँ, वैशाख २९ : वल्भ्समाथि सानदार जित निकाल्दै म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि मुखमा रहेको  छ । बुधबार राति भएको खेलमा सिटीले वल्भ्सलाई उसैको मैदानमा ५–१ गोलले हरायो ।

एकपक्षीय खेलमा सिटीलाई जिताउन केभिन डि ब्रुयन एक्लैले चार गोल गर्नुभयो । अर्को गोल रहिम स्टर्लिङले थप्नुभएको थियो । वल्भ्सका लिन्डर डेन्डनकरले सान्त्वना गोल फर्काएनुभयो । सिटीले सातौँ मिनेटमा केभिन डि ब्रुयनको गोलमा खाता खोलेको थियो । त्यसपछि ११औँ मिनेटमा वल्भ्सका लिन्डर डेन्डनकरले बराबरी गोल फर्काउनुभयो ।

बराबरी गोलपछि थप जोसिएको सिटीका लागि बू्यनले १६औँ मिनेटमा गोल गर्दै सिटीलाई पुनः अग्रता दिलाउनुभयो । ब्रुयनले २४औँ मिनेटमा ह्याट्रिक पूरा गर्नुभयो । त्यसपछि सिटीले दोस्रो हाफमा दुई गोल थपेको थियो । ब्रुयनले ६०औँ मिनेटमा ब्यक्तिगत चौथो तथा स्टर्लिङले ८४औँ मिनेटमा गोल गर्दै सिटीलाई सानदार जित दिलाउनुभयो ।

जितसँगै शीर्षस्थानमा रहेको सिटीले ३६ खेलबाट ८९ अङ्क बनाएको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको ८६ अङ्क छ । पराजित वल्भ्स ५० अङ्कसहित आठौँ स्थानमा छ । अन्य खेलमा चेल्सीले लिड्स युनाइटेडलाई र लेस्टर सिटीले नर्वित सिटीलाई समान ३–० गोलले हराएको छ । वार्टफोर्ड र एभर्टनले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको छ ।

तपाईको प्रतिक्रिया