नेपाली महिला क्रिकेट टोलीले युगान्डासँग टी–२० खेल्ने

  बैशाख २८, २०७९

काठमाडौँ, वैशाख २८ : नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले घरेलु मैदानमा युगान्डासँग टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले युगान्डासँग जेठमा सिरिज खेल्न लागेको जानकारी दिएको हो ।

क्यानले युगान्डासँग पाँच खेल खेल्ने जानकारीसँगै बुधबार खेलको मिति समेत सार्वजनिक गरेको छ । क्यानका अनुसार नेपालले कीर्तिपुरस्थित त्रिवि मैदानमा अफ्रिकी मुलुक युगान्डासँग जेठ २, ३, ५, ६ र ७ गते पाँचवटा टी–२० खेल खेल्नेछ ।

तपाईको प्रतिक्रिया