कांग्रेसलाई अत्यधिक बहुमतले विजयी गराउन देउवाको आग्रह

  बैशाख २६, २०७९

डडेल्धुरा, वैशाख २६ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसलाई अत्यधिक बहुमतले विजय गराउन आग्रह गर्नुभएको छ ।

गृह गाउँपालिका गन्यापधुरा–२ बडालमा आयोजित चुनावी सभालाई आज सम्बोधन गर्दै उहाँले भन्नुभयो, “यहीँ मेरो घर हो र गाउँ पनि हो । यस कारण यहाँको शैक्षिक विकास, प्राविधिक शिक्षालगायतका सबै क्षेत्रमा मैले विकास गर्नेछु ।”

आफ्नो गाउँठाउँको विकास आफूले नै गर्ने भएकाले गन्यापधुरा गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्षका उम्मेदवारलाई जिताउन उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “पहिले म विद्यालय पढ्दा हिँडेर जान्थेँ । अहिले सबै ठाउँमा सडक पुगिसकेका छन् । कच्ची बाटा छन् । अब कालोपत्र गर्नु पर्नेछ । त्यो सबै मैले गर्ने हो ।” भातकाँडा–रुवाखोला–बडाल–रेल सडकलाई कालोपत्र गर्ने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया