तेक्वान्दो खेलाडीको बिदाइ

  बैशाख ०५, २०७९

काठमाडौँ, वैशाख ५ : यही अप्रिल २१ देखि २४ तारिखसम्म दक्षिण कोरियाको गोयाङ सहरमा आयोजना हुने विश्व तेक्वान्दो पुम्से च्याम्पियनसिपमा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

च्याम्पियनसिपमा पुरुष ५० वर्षमुनिको समूहमा रोशन खान, ४० वर्षमुनि समूहमा कमल श्रेष्ठ, ३० वर्षमुनिको समूहमा प्रेमबहादुर लिम्बू र पार्वती गुरुङ तथा जुनियरको १७ वर्षमुनिको समूहमा अब्बास अन्सारीले प्रतिस्पर्धा गर्नुहुनेछ । च्याम्पियनसिपमा सहभागी हुन लागेका कमल र पार्वती १३औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता हुनुहुन्छ ।

टोलीलाई सोमबार नेपाल तेक्वान्दो संघले बिदाइ गरेको छ । च्याम्पियनसिपमा स्वर्ण जितेमा एक लाख ५० हजार, रजत पदक जितेमा एक लाख र कांस्य पदक जितेमा ५० हजार नगद पुरस्कार प्रदान गरिने पनि संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया