शीर्षटोली सिटी र लिभरपुल बराबरीमा रोकियो

  चैत २८, २०७८

काठमाडौँ, चैत २८ : इङ्लिस प्रिमियर लिगको शीर्षटोली म्यानचेस्टर सिटी र लिभरपुलले बराबरी खेल्दै अङ्क बाँडेका छन् । सिटीको घरेलु मैदानमा शनिबार राति भएको खेलमा सिटी लिभरपुलसँग २–२ गोलको बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा सिटीले दुईपटक अग्रता लिए पनि जोगाउन नसक्दा बराबरीमा चित्त बुझायो । सिटीका लागि कप्तान केभिन डि ब्रुयन र गाब्रियल जेससले गोल गर्नुभयो । लिभरपुलका डिएगो जोटा र साडियो मानेले गोल गर्नुभयो । प्रतिस्पर्धात्मक खेलमा सिटीले पाँचौँ मिनेटमा अग्रता लिएको थियो ।

कप्तान केभिन डि ब्रुयनले बर्नाडो सिल्भाको पासमा गोल फर्काउनु भएको हो । तर सिटीको त्यो अग्रता लामो समय टिकेन । १३औँ मिनेटमा डिएगो जोटाले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । ३६औँ मिनेटमा गाब्रियल जेससले गोल गरेपछि सिटीले पहिलो हाफमा पुनः अग्रता लियो । त्यसपछि दोस्रो हाफको सुरुवातमै लिभरपुलले बराबरी गोल फर्कायो । ४६औँ मिनेटमा साडियो मानेले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभएको हो ।

२–२ गोलको बराबरीमा ल्याए । उनले मोहम्मद सलाहको पासमा गोल गर्न सफल भएका थिए । ६३औं मिनेटमा रहिम स्टर्लिङले गोल गरेपनि अफसाइड त्यसपछि थप गोल निस्कन नसक्दा दुवै टोलीले एक एक अङ्क बाँडे । बराबरीसागै शीर्षस्थानको सिटीको ३१ खेलबाट ७४ बनाएको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको ७३ अङ्क छ ।

तपाईको प्रतिक्रिया