स्वास्थ्यकर्मी सङ्घको अध्यक्षमा गौतम

  चैत २७, २०७८

काठमाडौँ, चैत २७ : राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ, नेपालको नयाँ नेतृत्वमा डा झलक शर्मा गौतम निर्वाचित हुनुभएको छ । आज सम्पन्न सङ्घको चौथौ राष्ट्रिय महाधिवेशनले डा गौतमको अध्यक्षतामा १५१ नयाँ कार्यसमिति चयन गरेको हो ।

सङ्घको महासचिवम डा सन्तोष पौडेल तथा चार उपाध्यक्षमा रामहरि ढकाल, शारदा खनाल, जगत नेपाली र भिमराज सिंह निर्वाचित हुनुभएको छ । उपमहासचिवमा हिमालय तिवारी र अमृता बराल तथा कोषाध्यक्षमा अञ्जु बस्नेत चयन हुनुभएको छ । महाधिवेशन यही चैत २५ गतेदेखि काठमाडौँमा भएको थियो । सङ्घमा १२ हजार स्वास्थ्यकर्मी आबद्ध रहेका छन् ।

तपाईको प्रतिक्रिया